साउन ७, शनिबार २०७९
पछिल्लो २४ घण्टामा ३ सय ३५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी २ हजार ९ सय ९६ जनाको नमूना परीक्षण गर्दा थप ३ सय ३५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसख्या मन्त्रालयले जनाएको छ ।
यस्तै पछिल्लो २४ घण्टामा ८६ जना संक्रमित निको भएका छन् । कोरोना संक्रमणका कारण कसैको पनि ज्यान गएको छैन । नेपालमा कोरोना भाइरसको सक्रिय सक्रमितको सख्या २ हजार ९ सय ७१ जना पुगेका छन् । थप २ लाख ३६ हजार ७ सय ३८ जनाले कोरोना विरुद्धको खोप लगाएका स्वास्थ्य मन्त्रालयले जनाएको छ ।