मेलौली न्यूज
श्रावण ०८ आईतबार,२०७९
बैतडी-बैतडीको मेलौली नगरपालिकाका तिन वडामा आधारभुत स्वास्थ्य सेवा केन्द्रका सुबिधा सम्पन्न भवन निर्माण गरिएका छन ।
नगरपालिकाभित्रका सबै जनतामा आधारभूत स्वास्थ्य सेवाको पहुँच होस भनेर ३ वटा वडामा आधारभुत स्वास्थ्य सेवा केन्द्र स्थापना गरिएको नगरपालिका स्वास्थ्य शाखा प्रमुख नारायण बहादुर चन्दले बताउनुभयो ।
वडा न २,५,र ९ मा पहिलेकै स्वास्थ्य चौकी चौकी थिए ।लगातार तिन वर्षसम्म वडाहरुमा आधारभूत स्वास्थ्य केन्द्र स्थापनालाई प्राथमिकतामा राखेर आफूहरुले काम गरेकाले अहिले तिन वडामा आधारभुत स्वास्थ्य केन्द्र स्थापना गर्न सफल भएको शाखा प्रमुख चन्दले बताए । स्वास्थ्य संस्था नभएका वडा ३, ६ मा पनि छिट्टै आधारभुत स्वास्थ्य सेवा केन्द्रको स्थापनाका लागी पहल गरिने उनले जानकारी दिए।
अब केही समय पछि सुबिधा सम्पन्न भवनबाटै सेवा प्रवाह गर्ने तयारी समेत भैइरहेको छ । नवनिर्मित भवनको रंगरोगन को काम सम्पन्न भएको र अब छिटै आफ्नै भवन बाट सेवा प्रवाह गरिने चन्दले बताए ।
केन्द्र स्थापना भएसँगै यहाँबाट सरकारले उपलब्ध गराउने ९८ प्रकारका निःशुल्क औषधिसहित खोप सेवा, परिवार नियोजन, प्रसूति सेवा, पोषण सहितका सेवा प्रदान हुने मेलौली नगरपालिका स्वास्थ्य शाखाप्रमुख नारायण बहादुर चन्दले बताए ।