आत्मनिर्भर बन्दै महिला, सिलाई कटाईबाटै मनग्य आम्दानी


रितु ओझा ,साउन ९,सोमबार २०७९

बैतडी – वर्षौ देखि चुलोचौको, घाँस दाउरामा सिमित बैतडी जिल्लाको ग्रामीण भेगका महिला लुगा सिउने सीप सिकेर घर बसिबसी मनग्य आम्दानी गरिरहेका छन । वर्षौ वर्षदेखि घास दाउरा गर्दै जीवन जीउँदै आएका यहाँका महिला सिलाई कटाई सम्बन्धी सीप आर्जन गरेर आत्मनिर्भर बनिरहेका छन । मेलौली नगरपालिका –७ काणाका ईश्वरी भट्टले सुरुवातमा मेलौली बजारमा २०७४ सालमा २० हजारको लगानीमा सिवशक्ती सिलाइ सेन्टर नामक दर्ता गरी चलाउनुभएको छ ।

कुर्ता सुरुवाल , मेक्सि,पाइन्ट सर्ट, ब्लाउज, सिलाउने प्रशिक्षण लिएर ग्रामीण भेगका महिलाहरु मासिक हजारौँ कमाउन सफल भएका छन । सिलाइ सिकेर व्यवसाय सञ्चालन गरेपछि घरखर्च चलाएर उनीहरुले मासिक बचत पनि गरिरहेका छन । जिल्लाको मेलौली नगरपालिका – ७ की ३० वर्षीया ईश्वरी भट्ट घरको दैनिक काम पनि सिध्याउँछिन ।

लुगा सिलाएर उनले मासिक १५ देखि २० हजार सम्म आम्दानी गर्ने गरेका छन ।गाउँमै सिलाइ कटाईको तालिम लिए पछि भट्टको दिन फेरिएको छ ।
बिहान बेलुका घरको कामकाज गर्ने र बाँकी समय लुगा सिलाउन उनी व्यस्त रहन्छिन । सीप सिकेर ‘सिलाई’ व्यवसाय सञ्चालन गरेपछि भट्टलाई अरुको सहारामा बाँच्नु पर्ने बाध्यता हटेको छ । सीप सिके पछि अब केही गर्नुपर्छ भनेर उनको मनोबल पनि बढेर गएको छ ।

उनी भन्छिन, “मलाई स्वरोजगारप्रति गर्व महसुस हुन्छ । ‘उनी अचेल घरायसी समस्या छिचोल्दै सिप सिकेर घरको नुन तेलको जोहो गर्न सकेकी छिन ।’
उनी भन्छिन,“सिप सिकेर भएको आम्दानीले घरखर्च तथा २ जना छोरा छोरीलाई राम्रै शिक्षा दिइरहेकी छन । सीप सिकेपछि आनन्द महसुस भएको उनको भनाई छ । उहँँले सिलाइ सिक्न चाहने महिलाहरुलाई सिलाइ सिकाउने पनि गर्नुभएको छ।

Leave A Reply

Your email address will not be published.