बलात्कारको आरोप लागेका वडा अध्यक्ष नेगि कारागार चलान

मेलौली न्यूज
श्रावण १० मगंलबार,२०७९

बैतडी-बलात्कारको आरोपमा प्रकाउ परेका मेलौली नगरपालिका-१ का वडा अध्यक्ष सरदसिंह नेगीलाई कारागार चलान गरिएको छ ।

जिल्ला अदालत बैतडीका न्यायाधीश तिलक बहादुर कार्कीको एकल इजलासले नेगीलाई पुर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएको हो । एक २८ वर्षीया महिलालाई गत २०७८ चैत्र १५ गते बलात्कार गरेको आरोपमा वडा अध्यक्ष नेगीसँगै सोही ठाउँका केशव सिंह नायकलाई असार १४ गते पक्राउ गरिएको थियो ।

वडा अध्यक्ष नेगी सँगै सोही ठाउँका केशवसिंह नायकलाई पनि पुर्पक्षका लागि कारागार चलान गरिएको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिनुभयो । पीडित महिलाले दिएको उजुरीको आधारमा उनीहरु दुवै जनालाई प्रहरीले पक्राउ गरेको हो । उनीहरु विरुद्ध जवरजस्तीकरणी मुद्दामा अदालतबाट म्याद थपेर प्रहरीले अनुसन्धानगरि अदालतमा पेश गरेको थियो ।

पीडित महिला परिवारकै संरक्षण रहेकी छन् । वडा अध्यक्ष नेगी गत वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा मेलौली नगरपालिका १ को अध्यक्षमा नेकपा एमालेबाट निर्वाचित भएका थिए ।

Leave A Reply

Your email address will not be published.