बैतडीको डिलाशैनीले एमबीबीएस पढ्न छात्रवृत्ति दिने


साउन १४, शनिबार २०७९

बैतडी – बैतडीको डिलाशैनी गाउँपालिकाले एमबीबीएस अध्ययन गर्न चाहनेहरुलाई छात्रवृत्तिमा पढाउने भएको छ। गाउँपालिकाले एमबीबीएस पढ्न चाहनेहरुका लागि छात्रवृत्तिको आवेदन खुला गरेको हो।

‘एक गाउँ एक डाक्टर’ नीति अन्तर्गत आर्थिक वर्ष २०७९र०८० को नीति तथा कार्यक्रम स्वीकृत कार्ययोजनाअनुसार आवेदन खुल्ला गरिएको डिलाशैनी गाउँपालिकाका प्रवक्ता यज्ञराज भट्ट यदुले जानकारी दिए। आवश्यक कागजातसहित ७ दिनभित्र योग्यता पुगेका इच्छुक डिलाशैनी गाउँपालिकावासीले सम्पर्क गर्न उनले अनुरोध गरेका छन्।

Leave A Reply

Your email address will not be published.