बैतडीमा बदेलका लागि थापेको पासोमा अल्झिएको चितुवाले आक्रमण गर्दा एक जना घाइते

साउन १४, शनिबार २०७९

-बैतडीमा बदेलका लागि थापेको पासोमा अल्झिएको चितुवाको आक्रमण् गर्दा एक जना घाइते भएका छन् । मेलौली नगरपालिका २ कोटका ६८ वर्षीय गणेश चन्द घाइते भएका हुन् । उनको हात र घाटीमा चोट लागेको घाइतेका आफन्त एवं मेलौली नगरपालिकाका स्वास्थ्य साखा प्रमुख नारायण चन्दले जानकारी दिए।

‘चितुवाले खोरबाट बाख्रालाई लेखेटेर लगेको थियो, छुटाउन जादा बदेलका लागि थापेको पासोमा अल्झिएको चितुवाले चन्दमाथी आक्रमण गरेको हो,’ उनले भने । स्थानीय स्वास्थ्य चौकीमा उनको उपचार भइरहेको उनले बताए ।

केहिबेर पासोमा फसेको चितुवा फुत्केर गएको पनि उनले बताए ।जिल्लाको तल्लो स्वाराड क्षेत्रका ३ स्थानीय तह मेलौली नगरपालिका तथा शिवनाथ गाउँपालिका र पञ्चेश्वर गाउँपालिका चितुवा प्रभावित क्षेत्रहरु हुन् । २०६८ साल देखि हाल सम्म २ दर्जन बढी मानिसहरुको चितुवाको आक्रमणबाट ज्यान गइसकेको छ ।
कृष्ण बिष्ट………..

Leave A Reply

Your email address will not be published.