देशभर ४३८ जनामा कोरोना पुष्टि, थप २ जनाको मुत्यु

साउन १४, शनिबार २०७९

काठमाडौं – पछिल्लो २४ घण्टामा देशभर ४ सय ३८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ भने कोरोना संक्रमणका कारण घण्टामा दुई जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार तीन हजार ६ सय ९९ परीक्षणमा ४ सय ३८ जनामा संक्रमण पुष्टि भएको हो । एक हजार ७ सय ७९ पीसीआर परीक्षणमा २ सय ९२ जना र एक हजार ९ सय २० एन्टिजेन परीक्षणमा १ सय ४६ जनामा संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा २ सय ७७ जना संक्रमणमुक्त भएका छन् । हाल देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या चार हजार ३६९ रहेको छ । सक्रिय संक्रमित मध्ये चार हजार २ सय १८ जना होम आइसोलेसनमा र १ सय ५१ जना संस्थागत आइसोलेनमा छन् । संस्थागत आइसोलेसनमा रहेकामध्ये ३३ जना आईसीयूमा र ४ जना भेन्टिलेटरमा रहेका छन् । कोरोना संक्रमणका कारण हालसम्म नेपालमा ११ हजार ९६६ जनाको मृत्यु भइसकेको छ ।

संक्रमितमध्ये काठमाडौंमा १५५, ललितपुरमा ४४, भक्तपुरमा १२, कास्कीमा १३, सुनसरीमा १०, कैलालीमा ७, चितवन र रुपन्देहीमा ५÷५ जना रहेका छन् । प्रदेश अनुसार बागमती प्रदेशमा २२६, प्रदेश १ मा २३, मधेशमा ४, गण्डकीमा १७, लुम्बिनीमा १२, कर्णालीमा २ र सुदूरपश्चिममा ७ जना संक्रमित भेटिएका स्वास्थ्य जनसंख्या मन्त्रालयले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.