आज साउनको तेस्रो सोमबार, शिवालयमा श्रद्धालुको घुइँचो

बैतडी – आज साउन महिनाको तेस्रो सोमबार । मुलुकका अधिकांश शिवालयहरुमा जल चढाउने र पूजा गर्नेहरुको घुइँचो लागेको छ।

साउन महिनाको सोमबार शिवको पवित्र बार हुने भन्दै शुद्ध जल र दूध चढाएर पूजा गर्ने चलन छ ।पहेँलो बस्त्र धारण गरेका बोलबम तीर्थयात्रीहरु खाली खुट्टा पैदल शिव मन्दिरलगायत देशभरका शिवालयमा जल चढाउन आएका छन्।

हरेक साउन महिनाको सोमबार दान, स्नानसहित शिवको पूजा गर्नाले पाप नष्ट हुने, परिवारका सदस्यको दिर्घायू हुने र सुख शान्ति मिल्ने धार्मिक विश्वास छ ।साउनका सबै सोमबार महिलाले महादेवको पूजा गर्छन्।

Leave A Reply

Your email address will not be published.