बैतडी :बुधबार ३ जनामा कोरोना पुष्टि

साउन १८, बुधबार २०७९

-बैतडीमा बुधबार थप ३ जनामा कोरोना भाईरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय बैतडीका अनुसार एन्टिजेन विधीबाट गरिएको परिक्षणबाट ३ जनामा कोरोना भाईरसको पुष्टि भएको हो ।

झुलाघाटा हेल्थ डेस्कमा गरिएको एन्टिजेन परिक्षणबाट बाजुराको गौमुल गाउँपालिका २ का एक र बैतडीको पुर्चौडी नगरपालिका ५ का एक जनामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय सूचना अधिकारी बिपीन लेखकले जानकारी दिनुभयो ।सूचनाले अधिकारी लेखकका अनुसार स्वास्थ्य कार्यालयमा गरिएको परिक्षणमा दशरथन्द नगरपालिका ४ की एक महिलामा पनि कोरोना पुष्टि भएको छ ।

बुधबार २ जना संक्रमण मुक्त भएका छन् भने अहिले जिल्लामा कुल संक्रमितको संख्या १८ रहेको छ ।
स्टार बुलेटिन …….

Leave A Reply

Your email address will not be published.