बैतडीमा मनपरी सवारी भाडाले यात्रुहरु मारमा


साउन १८, बुधबार २०७९

बैतडी – सदरमुकाम गोठलापानी बजारबाट नेपाल(भारत सिमानाका झुलाघाट बजारको दुरी १९ किलोमिटर छ । यो सडकमा दैनीक हजारौं नागरिकहरु ओहोरदोहोर गछर्न ।

भारतसंग सिमा जोडिएको बजारमा दैनीक घरायसी सामान लिनको लागि पनि यहाँका स्थानीय भारतीय बजार झुलाघाटै पुग्ने गर्छन । रोजगारीको लागि भारत जाने र भारतबाट फर्किनेहरुको पनि यहि सडकको यात्रा हुन्छ । १९ किलामिटरको पिच सडकको भाडा भने २५० रुयैया छ । सवारीचालकहरुले यात्रुबाट निवार्ध रुपमा महंगो भाडा असुलीरहेका छन् । सवारीचालकहरु दोब्बर बढि भाडामा यात्रु ओसारपसार गर्न लागेको वर्षौ भैसक्यो । सरोकारवाला निकाए भने मौन छन् ।

जिल्ला सदरमुकामको मुख्य बजार गोठलापानीको चोकबाटै यात्रु हालेर झुलाघाट सम्म पुगाउने र यहि बजारमै झार्ने सवारीचालकहरुले खुलेआम महंगो भाडा लिदा पनि यो समस्या कहिल्यै समाधान भएन । वर्षौबाट यात्रुहरुले महंगो भाडा तिरेर यात्रा गर्न बाध्य छन् । भाडा नियन्त्रण हुनुको साटो वर्षै पिच्छे बढिरहेका छ । २ वर्ष अगाडी १ सय भाडा रहेको यो सडकमा अहिले बढेर २ सय ५० पुगेको छ । भाडा बढिरहेपनि सरोकारवाला निकाए भने मौन छन् ।

यो सडकको यात्रामा २ सय ५० तिरेरै यात्रा गरिरहेको स्थानीय लिला भण्डारीले बताउनुभयो । उहाँले भन्नुभयो ,‘ गोठलापानीबाट झुलाघाट गएको भाडा यति धेरै त छैन । तर यति नदिएपछि गाडीले लैजाने कुरै भएन । अनि यतिनै दिन बाध्य छौं । सबैले यहि भाडा तिरेर ओहोरदोहोर गरिरहेका छन् ।’

यो सडकमा अलि बढी सामान ल्यायो भने सामानको भाडा पनि तिर्न पर्ने गरेको दशरथचन्द नगरपालिका — ४ कि स्थानीय अन्जली राना बताउनुहुन्छ । उहाँले भन्नुभयो ,‘ सस्तो हुन्छ भनेर भारतीय बजार सामान लिन जान्छौं । यसको पनि भाडा तिर्ने गरेकाछौं । नभए गाडीवालाले ल्याइदिनन् । मान्छेको भाडा संगै सामानको भाडा पनि छुट्टै दिनुपर्ने हुन्छ । जती धेरै सामान भयो उती धेरै भाडा लिन्छन् । ’
झुलाघाटबाट फर्किदाखेरी झुलाघाट नजीकैका गाउहरु बुड्डा , तिरखडेनी , अदरपिण्ड , बाराकोट , त्रिपुरासुन्दरी लगाएतका स्थानमा ४र५ किलोमिटर यात्रा गर्ने हो भनेपनि पुरा भाडा तिनुपर्ने बाध्यता रहेको स्थानीय बताउछन् । पुरा भाडा नदिनेहो भने गाडीवालाहरुले नबोक्ने गरेका स्थानीय बिना बुडालले बताउनुभयो । गोठलापानीबाट झुलाघाट जाने क्रममा र झुलाघाटबाट आउनेबेला बिचबाटोमै १५र२० मिनेटको यात्रामा पनि २ सय भाडा एक महिना अगाडी आफैले तिरेको गुनासो उहाँले पोख्नुभयो । आधीबाटोसम्म पनि पुरा भाडा तिरेर यात्रुहरुले यात्रा गर्दा पनि प्रहरीहरु केहि वास्ता गर्दैनन् ।

यस्तै दशरथचन्द नगरपालिका अन्र्तगत पर्ने देहिमाण्डौं( गीरेगडा सडकमा ३२ किलोमिटरको भाडा ५ सय रुपैंया छ । तेलको मुल्य बढेको भन्दै गाडीवालाहरुले मनोमानी भाडा लिने गरेका दशरथचन्द नगरपालिका ९ कि शान्ती जोशीले बताउनुभयो । आफुहरु छोटो दुरीमा पनि चर्को भाडा तिर्न बाध्य भएको गुनासो उहाँले गर्नुभयो । भाडाको विषयमा सरोकारवाला निकाय मौन बस्दा पनि नागरिकले सास्ती भाग्नु परेको गुनासो उहाँको छ ।

यस्तै तल्लोस्वराड क्षेत्रमा पनि यात्रुहरु महंगो यात्रा गर्न बाध्य छन् । पाटनबाट मेलौली ३२ किलोमिटरको भाडा ५ सय तिरीरहेको स्थानीय बताउछन् । मेलौलीबाट शिवनाथ र पंञ्चेश्वर पुग्को लागि पनि मनपरी भाडामै यात्रा गर्नुपर्ने गरेको त्यहाका स्थानीयले बताए । यस्तै जिल्लाका अन्य ग्रामीण सडकहरुमा पनि यात्रुहरु बढि भाडा तिरेर यात्रा गर्न बाध्य छन् । जिल्लाका सडकहरुमा यात्रा गर्दा टिकट काट्ने व्यवस्था नहुदा पनि यात्रुहरुबाट सवारीचालकहरुले मनपरि भाडा अशुलीरहेका छन् ।

जिल्लामा संञ्चालीत महाकाली यातायात र सुदूरपश्चिम यातायात व्यवसायीसंघले यातायात व्यवस्था विभागसंगको समन्वयमा बैतडीमा पनि भाडादर कायम गरिएको छ । तर भाडाभन्दा बढी मुल्यमा यात्रा गर्न यहाँका स्थानीय बाध्य छन् । जिल्लामा संञ्चालीत यातायातले टिकट सम्म काट्दैनन् ।

जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी खगेन्द्र भारतीले भने आफुहरुकहा गुनासो नआएको बताउनुभयो । उहाँले भन्नुभयो ,‘ भाडादर जिल्लामा कायम गरिएको छ । पाटन(मेलौली सडकको लागि निर्धारण गरिएको भाडादर भने बढि भएकोले हामीले महाकाली यातायात समितीलाई पत्राचार गरेका छौं । परीमार्जित गर्ने कुरा पनि गर्नुभएको छ ।’ प्रहरीले अनुगमन पनि गरिरहेको उहाँको भनाई छ । अब बिना टिकट कुनै यात्रु पनि बसमा नभेटिने भन्दै प्रहरीले अनुगमन गरिरहेको उहाँले बताउनुभयो ।

दिव्यास्त्र अनलाईनबाट ………

Leave A Reply

Your email address will not be published.