२४ घण्टामा ७ सय ६० जनामा कोरोना सङ्क्रमण


साउन १९, बिहिबार २०७९

काठमाण्डौ – पछिल्लो २४ घण्टामा सात ७ सय ६० जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी पाँच हजार नौ सय २६ जनाको नमुना परीक्षण गर्दा सात सय ६० जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यही अवधिमा तीन सय २४ जना सङ्क्रमित निको भएका छन् । पछिल्लो २४ घण्टामा एक जना सङ्क्रमितको ज्यान गएको छ । अहिले नेपालमा कोरोना भाइरसका सक्रिय सङ्क्रमितको सङ्ख्या पाँच हजार ६ सय दुई छ ।

२४ घण्टामा ४७ हजार तीन सय ४१ जनाले कोरोनाविरुद्धको खोप लगाएका स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.