दिपक राज दिर्घायु
बैसाख ०३, शुक्रबार,२०७८
बैतडी– बैतडीका पत्रकार लक्ष्मण बिसीले आफ्नो जन्मदिनको अवशर पारेर एक गरिब बिपन्न परिवारलाई खाद्यन्न बितरण गरेका छन। सामुदायिक रेडियो मेलौली एफ एम १०१.२ मेगाहर्जका स्टेशन प्रमुख बिसीले मेलौली नगरपालीका–०७ निबासि खेउडे दयालको परिवारलाई खाद्यन्न बितरण गरेका हुन।
जन्मदिनमा गरिने फजुल खर्चलाई बचाउदै समाजिक कार्यमा लगाई केहि हदसम्म भएपनि राहात पुगोस भन्ने हेतुले खाद्यान्न बितरण गरेको पत्रकार बिसीले बताए। आफनो जन्मदिनमा एक गरिब घर परिवारलाई खाद्यान्न साम्रागी बितरण गर्न पाउदा आफुले गर्भको महसुश गरेको र आगामि दिनहरुमा पनि यस्तै समाजिक कार्यलाई निरन्तरता दिने उनले बताए
खाद्यान्न साम्रागी ग्रहण गर्दै दयालले पत्रकार बिसीलाई धन्यबाद ज्ञापन गरे। ६२ बर्षिया दायलका घरमा ९ बर्षिय छोरा र २ छोरी रहेका छन। दमको बिरामि भएका उनलाई अहिले दैनिक गुजार चलाउन पनि निकै हम्मे हम्मे परेको छ। आफु बुढो भईसकेको र अब काम गर्नपनि नसक्ने अवस्थामा आईसकेकाले अझपनि सहयोगको अपेक्षा गरेको दयालले बताए।
खाद्यान्न बितरणमा मेलौली नगरपालीका वडा न १ का अध्यक्ष सुरत नेगि पनि सहभागी भएका थिए। जन्मदिनको अवशरमा यसरि राहात स्वरुप खाद्यान्न बितरण गर्नु निकै नै सरायिन कार्य रहेको समेत उनले बताए।
वडा अध्यक्ष नेगिले भने, दयाल वडा न ७ का बासिन्दा हुन। उनको बसाई वडा न १ मा भएका कारण वडा बाट दिनसक्ने सेवामा समस्या हुने गरेको छ। उनले वडा न ७ बाट बसाई सराई गरेर वडा न १ मा गर्नु भयो भने वडाबाट दिने सेवामा सहज हुने उहा बताउनु हुन्छ।
उनले वडाबाट हुने जति सहयोग र आफ्नो ब्यक्तिगत तर्फबाट हुने जति सहयोग जहिल्यै पनि गरिरहने पनि प्रतिबद्धता ब्यक्त गरे।