साउन २१, शनिबार २०७९
बैतडी -बैतडीको सुर्नया गापा -७ का ३७ वर्षीय रघुवीर कुवँर मृत अवस्थामा फेला परेका छन्। जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक प्रहरी प्रवक्ता लोकराज जोशीका अनुसार गोराखला टोल घर भएका उनी घराड भन्ने ठाउँमा मृत भेटिएका हुन्।
पारिवारिक स्रोतका अनुसार उनी बिहीवार दिउँसो घर चाहिने सामान किन्नका लागि स्थानीय चौथाली बजार गएका थिए। कुँवरका श्रीमती, दुई छोरा र दुई छोरी रहेका छन्। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।