प्रतिनिधि सभाको बैठक, निलम्वित प्रधानन्यायाधीश राणा विरुद्धको महाअभियोग प्रस्ताव पेश हुने

मेलौली न्यूज
श्रावण २२ आईतबार,२०७९

प्रतिनिधि सभाको आज आइतबार बस्ने बैठकमा सर्वोच्च अदालतका निलम्बित प्रधानन्यायाधीश चालेन्द्र शम्शेर जबराविरुद्ध दर्ता भएको महाभियोगमाथिको छलफल प्रक्रिया अघि बढ्ने भएको छ ।

संघीय संसद सचिवालयले सार्वजनिक गरेको कार्यसूची अनुसार आज बिहान ११ बस्ने बैठकमा महाभियोगको प्रस्ताव पेश हुनेछ ।

गत फागुन १ गते नेपाली कांग्रेस, नेकपा ९माओवादी केन्द्र० र नेकपा ९एकीकृत समाजवादी० का ९८ सांसदको हस्ताक्षरसहित संसद सचिवालयमा राणा विरुद्ध विभिन्न २१ वटा आरोपसहित महाभियोग दर्ता गरिएको थियो ।

प्रस्ताव दर्ता भएको साढे पाँच महिनापछि बल्ल उक्त प्रस्तावमाथिको छलफल अघि बढाउन लागिएको हो ।

आइतबारको संसद बैठकमा महाभियोगका प्रस्तावकले राणा विरुद्धको प्रस्ताव टेबल गर्नेछन् भने त्यसपछि सभामुखले प्रस्तावमाथि छलफलको समय तोक्नेछन् । छलफल सकिएपछि उक्त प्रस्तावलाई महाभियोग सिफारिस समितिमा पठाइने छ ।

समितिले कारवाही अघि बढाएपछि प्रधान न्यायाधीश राणालाई सफाई पेश गर्न सात दिनको समय दिइने छ । सफाइ चित्त नबुझेमा समितिले महाअभियोग प्रस्तावलाई निणयार्थ पेश गर्न सदनमै पठाउने छ । प्रतिनिधि सभाको तत्काल कायम रहेको सदस्य संख्याको दुईतिहाइ बहुमतले महाअभियोग पारित गर्नुपर्दछ ।

सम्भावित कार्यसूची

Leave A Reply

Your email address will not be published.