मेलौली न्यूज डटकम
बैसाख ०७ मगंलबार,२०७८
त्रिदेशीय टी–२० क्रिकेट शृङ्खला अन्तर्गत नेदरल्याण्ड्ससँगको खेलमा नेपालका ओपनर ब्याट्सम्यान कुशल भुर्तेलले अर्धशतक प्रहार गरेका छन् ।
प्रतियोगिताको चौथो खेलमा कुशल ४६ बलमा ६२ रन बनाएर आउट भए । उनले एक छक्का र आठ चौका प्रहार गरे । कुशललाई १४ ओभर तीन बलमा नेदरल्याण्ड्सका भिभियान किङ्गमाले आउट गरे ।
प्रतियोगितामा कुशलको यो लगातार तेस्रो अर्धशतक हो । यही शृङ्खलाबाट टी–२० क्रिकेटमा डेब्यू गरेका कुशलले पहिलो खेलमा नेदरल्याड्सविरुद्ध ६२ रन र दोस्रो खेलमा मलेसियाविरुद्ध अविजति ६१ रन बनाएका थिए ।