दिपक राज दिर्घायु
बैसाख २२ बुधबार,२०७८
बैैतडी–मेलौली नगरपालीका वडा न ८ कोटिगाउँको गैरि गाउमा गाडी पुग्दा स्थानियहरु हर्षित भएका छन। बुधबार बिच गाउँमा गाडी पुगेसगै स्थानियहरु खुसि भएको मेलौली दलित सञ्जालका सचिव धनिराम लुहारले बताए।
सुदूरपश्चिम प्रदेश सरकारको आर्थिक बर्ष २०७६÷०७७ को बिनियोजन बजेटबाट योजना स्वीकृत भई सडक निमार्ण गरिएको उनले बताए। नापोखरा, मौरिईजर, गैरि हुदै खोरडा सम्म सडक निमार्ण गरिने योजना रहेको उनले बताएका छन।
गाउमा गाडी पुगेको खुसियालि मनाउदै सडक निमार्ण गर्ने डोजर र चालकलाई स्थानियहरुले अबिर माला सहित सम्मान गरेका थिए। गाउमा सडक पुगेपछि आवत जावत लगायत धेरै कुरामा सहज हुने स्थानियहरुले बिश्वास गरेका छन।
गाउमा गाडी पुगेको देख्दा खुसि हुदै स्थानिय मगजी राम लुहार भन्छन, पहिला पहिला कोहि बिरामि हुदा काधमा बोकेरै अस्पताल लैजानु पर्ने अवस्था थियो। जसका कारण कत्तिले बाटोमै ज्यान गुमाउथे त कत्तिले अस्पताल पुगाएपछि ज्यान गुमाउथे। तर अहिले आएर गाउमै गाडी पुगेको छ यसले यहाका हरेक जनताको आवत जावत लगायत हरेक कामका लागी सहज हुनेछ।
सडक निमार्ण कार्य खोरडा सम्म बिस्तार गरिने समेत जनाईएको छ।
Comments are closed.