बैतडी जेठ १०, अहिले सुदुरपहाडका जिल्लामा पानी नलाग्ने पाखो जमिनमा मकै, कोदो, भटमास छर्ने र पानी लाग्ने खेतमा मकै गोडमेल गर्ने समय हो । पानी लाग्ने खेतमा गोडमेल गरेको मकैको बोटमा गभारो रोग लागेर मकै सखाप हुन थालेपछि किसान चिन्तित बनेका छन् । हिउँदमा पानी नपरेर गहुँबाली नभएर निरास बनेका किसान समयमै खेतमा मकै छरेर हर्षित बनेका थिए । मकै उम्रदा खेरी राम्रो बोट भएका मकैमा एक्कासी फौँजी प्रकारको किरा लागेर बोट सुक्न लागेपछि किसान हैरान भएका छन् । यो रोग जिल्लाका सबै ठाउँमा देखिए पनि सबैभन्दा बढि पञ्चेश्वर गाउँपालिकामा देखिएको छ । मकैको बोटको पातमा प्रवेश गरेर पात खाएर बोटको भित्रको गोभामा प्रवेश गर्ने किसानले बताएका छन् । पातसँगै भित्रको गोभा खाने अनि बोट सुकेर जमिन खाली हुन लागेको पञ्चेश्वर २ का कृषक देब वहादुर चन्दले बताउनुभयो ।
बैतडीको धेरै जसो पानी लाग्ने खेतमा तीन बाली लगाउने गर्दछन् । गहुँ पाकेपछि लगत्तै मकै र मकै पाकेपछि धान रोप्ने गर्दछन् ।किसानको गुनासो आएपछि आफू फिल्ड गएको र मकैमा गभारो रोगले त्यो किरा देखिएको पञ्चेश्वर गाउँपालिका वडा नं. २ का कृषि प्राविधिक विशन चन्दले बताए । फियराडम विषादीले यो रोगलाई नियन्त्रण गर्न सकिने र स्थानिय स्तरमा एक लिटर गाई भैँसीको गहुँतमा पाँच लिटर पानी मिसाएर छर्के पनि गभारो रोग केहि कम हुने कृषि प्राविधिक बतएका छन ।अहिलेसम्म कुनै पनि किसानले आफुकाहाँ गुनासो नसुनाएको कृषि ज्ञान केन्द्र बैतडीका निमिक्त प्रमुख दिल बहादुर सिंहले बताउनुभयो ।