फाउन्डेसन द्वारा पत्रकारका लागि स्वास्थ्य सामाग्री हस्तान्तरण

सोमबार १०, जेठ २०७८

धनगढी – ह्युमानिटी फाउन्डेसनले नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश समितिलाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ ।
कोरोना भाइरसको महामारीमा अग्रपक्तिमा खटिएका पत्रकारका लागि दुई सय वटा सेनिटाइजर र दुई हजार थान मास्क हस्तान्तरण गरिएको हो ।
फाउन्डेसनका उपाध्यक्ष पुष्कर ओझा र कोषाध्यक्ष मानसिंह साउदले पत्रकार महासंघका सुदुरपश्चिम प्रदेश सचिव हरि जोशीलाई मास्क र सेनिटाइजर हस्तान्तरण गरेका हुन् ।

महामारीमा जोखिम मोलेर समाचार संकलनमा खटिएका नौँ वटै जिल्लाका पत्रकारलाई स्वास्थ्य सामाग्री वितरण गरिने सचिव जोशीले जानकारी दिनुभयो। साथै सचिव जोशीले स्वास्थ्य सामाग्री उपलब्ध गराउने फाउन्डेसन प्रती आभार व्यक्त गर्नुभएको छ ।

Leave A Reply

Your email address will not be published.