बिरामी निको भएर घर फर्किदा आर्शिवाद दिएर जान्छन्, खुसीको आशु खस्छ’

जनक साउँद–बैतडी अहिले कोरोनाको महामारी छ । सिंगो बिश्व यसबाट आक्रान्त छ । यसले हरेक क्षेत्र प्रभाबित पारेको छ यसको नियन्त्रणका लागी बिश्वका शक्तिशाली कहलिएका राष्ट्रहरुको पनी १२ बजाएको छ । कोरोनाको नियन्त्रणका लागी नेपाल सरकारले पनी लकडाउन गरेको छ । तर संक्रमितहरु दिन दुई गुना रात चौ गुना थपिदै गएका छन् ।

भने नयाँ भेरियन्ट सहित देखिएको कोरोनाको दोस्रो लहरले मृत्युदर पनी उत्तिकै बढी रहेको छ । संगै निको हुने दर पनी अहिले बढ्दै गएको छ ।

बिभिन्न सञ्चार माध्यम र सामाजिक सञ्जालमा हामीले कोरोनाबाट ज्यान गुमाउनेहरुका समाचार सुनिरहेका छौ, पढी रहेका छौ । मानिसहरुमा मनो बैज्ञानिक त्रास सिर्जना भएको छ । धेरै बाच्ने रहर कसलाई पो हुँदैन र ? हामी चेतनशिल प्राणी भएकोले मृत्युसंग डराउनु स्वभाविक पनी हो । अहिले मलाई कोरोनाको संक्रमण नहोस भनेर मानिसहरुले सक्दो सावधानी अपनाईरहेका छन् ।

तर कयौं भगवानरुपी ब्यक्ति आफु मृत्युसंग लडेर अरुको जीवन बचाउन लागी परीरहेका छन् त्यी अरु कोही नभएर कोभिड परास्त गर्नका लागी अग्रपंक्तीमा खटिएर युद्ध लडिरहेका लडाकु स्वास्थ्यकर्मीहरु हुन् । तिनै मध्येकी एक हुन् जिल्ला अस्पताल बैतडीमा कार्यरत सरस्वती कार्की । उनी स्टाफ नर्स हुन् । उनी अहिले कोभिडका बिरामीहरुको उपचार गरिरहेकी छिन् ।

शुरुमा उनी भित्र पनी डर र त्रास थियो तर अहिले आफु भित्र भएको डर र क्रोधको काँडा मारेर भोक, प्यास, निन्द्रा नभनी उनी २४ घण्टा बिरामीको उपचारमा तल्लीन छिन् कोभिडको दोस्रो लहर शुरु भए यता बिरामीको उपचार गर्दाका कहाली लाग्दा अनुभवहरु उनी सुनाउछिन् । “शुरुको समयमा ४ जना मात्र कोभिडका बिरामीहरु भर्ना थिए । यस्तो बिकराल अवस्था आउला भन्ने सोचेका थिएनौ । २ जना स्टाफ नर्सहरु मात्रै कोभिड बार्डमा डिउटी गथ्र्यौ । केहि दिनमै बिरामीहरुको संख्या ह्वात्तै बढ्यो ।

त्यसपछि २ जना डाक्टर र ५ जना स्टाफ नर्सहरु कोभिडका बिरामीहरुको उपचारमा खटिएको छौ ।” कोभिड आउनुभन्दा अगाडी सामान्यता ७ देखि ८ घण्टासम्म मात्रै डिउटी पर्ने गरेकोमा अहिले राति दिन नभनी २४ घण्टा खटिएको उनी बताउछिन् । “अस्पतालको डिउटी सामान्य त कहिल्यै पनी हुदैन ज्यानको बाजी लगाएर काम गरेको यो पहिलो पटक भने हैन बिभिन्न घातक रोगहरुसगं लडीरहेका हुन्छौ ।” हाम्रो समाजमा “छोरी बिग्रिए नर्स, छोरा बिग्रिए कर्मस” भन्ने निज सोचले ग्रसित एक उखान छ । तर अहिले नर्सहरु देबीको अर्का रुप हुन भन्ने पुष्टि भएको कुरा नर्कान सकिन्न । उनको अनुभव पनी त्यस्तै छ ।

उनले भनिन “जब पुरै बिश्व कोरोनाबाट आक्रन्त भयो तब मात्र हामी फ्रन्ट लाईनमा छौ भन्ने कुरा बुझेका हुन् । यो भन्दा पहिले स्वास्थ्यकर्मीलाई हेर्ने नजर अर्कै थियो ।” बिरामीको बिशेष केयर गर्नुपर्छ भन्ने उनको पहिलो मान्यता हो । अक्सिजन सर्पोटमा उपचार गराई रहेका बिरामीहरुको बिशेष ख्याल गनुपर्ने भन्दै कुनै दिन आखाँ चिम्म पनी नगरी रात बिताएका अनुभव पनी उनीसंग छन । उनी भन्छिन् “कतिपय बिरामी आँखै अगाडी अर्को संक्रमितको ज्यान गएको देखेर आत्तिन्छन् । बिरामीहरुको मनोबल उच्च राख्न सक्नु ठुलो कुरा हो ।

२४ घण्टा बिरामीसंगै बिताउने गर्छौ ।” उनले भावुक हुँदै सुनाईन “एक दिन एक जना संक्रमित साँझ आउनु भयो । अक्सिजन दिएर उहाँको उपचार थाल्यौ । रातभरि हामीले उहाँलाई हेर्यौ । राति २ बजे अक्सिजन सकियो र हाम्रै आँखा अगाडी छट्पटाउनु भयो । मलाई बचाउनुहोस भनेर बिन्ति गर्नुभयो । तर सकेनौ उहाँको मृत्यु भयो । उहाँले हामीले बचाउछौ भन्ने पनी बिश्वास थियो । तर सकेनौ एकदमै कहाली लाग्दो घटना थियो त्यो । आशु लुकाउदै अर्कौ बिरामीको बेडमा जानु प¥यो । ” बिरामीको उपचारमा खट्दा खट्दै समयमा खाना तथा सुत्न नपाएर आफुसंगैको एक जना स्टाफ नर्स संक्रमित भएर बसेको सुनाउदै उनले बिभिन्न चुनौतीका बाबजुत काम गर्नु परेको बताईन् । “उसै पनी र्दुगम जिल्लाको अस्पताल प्र्रयाप्त जनशक्ती छैनन् । अक्सिजनको पनी अभाव छ । बेला बेलामा बत्ति गईरहन्छ । कन्सट्रेटरबाट अक्सिजन दिई रहेका बिरामी बत्ती जाने बेला छट्पटाउ छन् । हामीलाई बचाउनुहोस भन्छन् ।

निकै दुःख लाग्छ । दुश्य कहाली लाग्दो बनी दिन्छ ।” भावुब उनी सुनाउछिन् । “तर प्रयास गर्दा गर्दै कहिलेकाही बिरामी बचाउन सक्दैनौ । हिन्ता बोध हुन्छ । तर सेवागर्न पाउँदा गर्ब लाग्छ ।” बिरामीको सेवा गर्ने सौभाग्य सबैले नपाउने बताउँदै उनी स्टाफ नर्स भएर सेवा गर्न पाएकोमा आफुलाई भाग्यमानी ठान्छिन् । “ बरु आफन्तले कोभिड संक्रमितको सेवा गर्न पाएका छैनन् हामीले त्यो अवसर पाएका छौ । ” उनले भनिन् । बिरामीको अगाडी आशु लुकाएर उपचार गर्नु परे पनी आनन्द लाग्ने गरेको उनको भनाई छ् ।

बिरामीहरुलाई निको पारेर घर पठाउदा प्रसंसा गरेर आर्शिबाद दिने गरेको भन्दै गर्बले खुसीको आशु खस्ने गरेको उनले सुनाईन् । भनिन् “ जब अस्पतालमा लामो समय उपचार गराएर बिरामी निको हुन्छन् । घर जाने बेलामा, धन्यबाद हाम्रो सेवा गर्नु भयो, तपाई त देवीको अर्को रुप हो, हामीलाई त निको पारेर घर पठाउनु भयो । अब तपाई आफ्नो ख्याल गर्नुहोस है । भनेर जान्छन् त्यो बेला आफुले अंगालेको पेशा प्रति गर्ब महसुस हुन्छ र खुसीले आशु बग्छ ।” ‘बिरामी निको भएर घर फर्किदा आर्शिवाद दिएर जान्छन्, खुसीको आशु खस्छ’ अहिले कोभिडको बिरामीको उपचारमा तल्लीन सरस्वती कार्की एक पात्र मात्र हुन् । उनी जस्तै हजारौ मानव रुपी देवी अर्थात स्टाफ नर्सहरु अहिले देशभरि अहोरात्र बिरामीको उपचार गरिरेका छन् । स्टाफ नर्सका पिडाहरु धेरै छन् । तर सरकारले सम्बोधन गर्न सकिरहेकौ छैन् ।

अहिले जागिरे भन्दा बेरोजगार नर्सको सङ्ख्या धेरै छ । काम गरीरहेकाहरुले पनी न्युन पारिश्रमिकमा काम गर्नु परीरहेको छ । राज्यले नर्सहरूको दुःख कष्ट बुझेर नर्स लक्षित विशेष कार्यक्रम ल्याए देशको स्वास्थ्य क्षेत्रलाई ठूलो मद्दत पुग्ने देखिन्छ ।

Leave A Reply

Your email address will not be published.