लक्ष्मण विसी
१३ जेठ, बैतडी ।
मकै र गहुँखेतीमा मात्र ध्यान केन्द्रित गरेका चिन्तामणी भ्टटले पछिल्ला वर्षमा तरकारीखेतीलाई व्यावसायिक रुपमा अङ्गाल्नुभएको छ ।बैतडीको मेलौली नगरपालिका–६ का भट्ट विगत आठ वर्षदेखि अन्नबाली छाडेर तरकारीखेती गर्दै आउनुभएको छ । उहाँले उत्पादन गर्नुभएको तरकारी स्थानीय बजार हरुमा खपत हुनेगरेको बतएकाछन ।
“मैले उत्पादन गरेको तरकारी स्थानिय बजार पुग्छ,” उहाँले भन्नुभयो । हाल उहाँले बारीमा गोलभेँडा टमाटर,प्याज, लसुन,भेडे खुर्सानी, गाजर,मुला मात्रै फलाउनुभएको छ । तरकारी व्यावसाय संगै स्थानीय जातका कुखुरा पालन व्यावसायबाट मनग्य आम्दानी गरेको उहाँ बताउनुहुन्छ ।
“तरकारीखेतीबाट वार्षिक रु एक लाखभन्दा बढी आम्दानी हुन्छ,” भट्टले भन्नुभयो । बाह्रैमास तरकारी उत्पादन हुने भट्टले बताए । तरकारीखेती सुरु गर्नुभएका भट्टलाई अहिले कारोना कहरका बीच तरकारी बिक्री गर्र्न समस्या समस्या भएको छ ।
“उचित समयमा बीउबिजन पाउन समस्या छ,” भट्टले भन्नुभयो । तरकारीखेतीका लागि विभिन्न कृषिविज्ञसित परामर्श गर्ने गरेको उहाँको भनाइ छ । मेलौली नगरपालका वडा न —६को कार्यालयले समेत तरकारी उत्पादनका लागि सामग्री उपलब्ध गराउँदै आएको छ । धान, गहुँभन्दा तरकारीखेतीमै श्रम गरे बिदेशिनु नपर्ने भट्ट बताउनुहुन्छ । सरकारले तरकारीखेतीलाई व्यावसायिक रुपमा अगाडि बढाउँदै आएका किसानलाई आवश्यक सहयोग गर्नुपर्ने उहाँको माग छ ।