निषेधाज्ञा लम्बिएसँगै दैनिक ज्यालादारी गर्ने समस्यामा,

लक्ष्मण विसी, बैतडी , २२ जेठ
कोरोना महामारी नियन्त्रण गर्न जारी निषेधाज्ञाले सबै वर्गलाई असर पु¥याएको भए पनि दैनिक ज्यालादारी गर्ने वर्ग बढी समस्यामा परेका छन् । कोरोना नियन्त्रण गर्न जारी भएको निषेधाज्ञाबाट जिल्लाका विभिन्न ठाउँका दैनिक ज्यालादारी गरेर खाने वर्गलाई अझ बढी सास्ती भएको छ ।
गत पनि लामो बन्दाबन्दीको मार्का झेलेका खुद्रा, साना तथा अन्य व्यवसाय एक महिनाको निषेधाज्ञाले धरासायी हुनुका साथै कसरी दैनिक कसरी गुजारा चलाउने भन्ने चिन्ताले पिरोलेको मेलौली १ का खुद्रा व्यवसायी नरेन्द्र सिंह बताउनुभयो ।
जिल्लाका विभिन्न ठाउँका बजार र यातायात पूर्ण रुपमा बन्द भएका कारण निषेधाज्ञाले उनीहरु बढी मारमा परेका छन् ।खरिद गरेको फलफूल, तरकारीहरु सिमित समयमा बिक्री नहुृँदा समस्या भइरहेको छ ।
यस्तै समस्या यातायात मजदुरले पनि व्यहोर्नु परेको छ । एक महिनादेखि यातायातका साधनहरु थन्किएपछि यातायात मजदुरको आर्थिक अवस्था पनि दयनीय भएको यातायात मजदुर मोहन दयालकोे गुनासो छ ।
व्यवसायीहरुका लागि स्थानीय सरकारले यस अघि व्यवसाय करमा छुट तथा उत्पादनमुखि कार्यक्रम ल्याए पनि प्रभावितको माग अनुसार बजेटमा सम्बोधन गर्न तयारी भईरहेको मेलौली नगरपालिकाका उपप्रमुख राधा ओझाले बताउनुभयो ।
घरखर्च चलाउन दैनिक छाक टार्न धौधौ भइरहेको अवस्थामा स्थानीय, प्रदेश तथा संघीय सरकारबाट विश्वस्त हुने कुनै पनि कार्यक्रम नआउँदा व्यवसायीहरु निराश भएका छन् ।

Leave A Reply

Your email address will not be published.