लक्ष्मण विसी बैतडी जेठ, २२
बैतडी सहित सुदुरपश्चिमका जिल्लाहरुमा आरन पेशा लोप हुन थालेका छ । दलित समुदायले काचो फलाम बाट आवश्वक औजार सामाग्री निर्माण गरिने आरन पेसा लोप हुन थालेका छ ।विगतमा हसिंया,कुटो , कोदालो बन्चरो लगायतका कृषि औजारहरु निर्माण गर्ने आरन व्यवसायी हुन नसक्दा हराउन थालेको छ । आरनहरु लोप हुदैं गएकाले धार लगाउन समस्या हुने भएकाले पनि धान,गहु काटन प्रविधिको विकासले आरन पेसालाई प्रभाव पारेको मेलौली नगरपालिका १ का कृषक रमेश दयालको भनाई छ ।
प्रविधिको विकास मात्र नभई आरन पेसालाई हेर्ने समाजको दृष्टीकोणका कारण यो पेसा लोप हुदै गएको उक्त पेसामा संलग्न गगां दयाल बताउनु हुन्छ ।समुदायले गर्ने व्यवहार र दिने सहयोग फरक भएकाले युवा पुस्ताहरु यो पेसालाई नरुचाउने उहाको भनाई छ ।
आरन पेसा व्यवसायिक बन्न नसक्नु पेसालाई सम्मान हुने वातावरण नहुन जस्ता कारणले यो पेसा आझेलमा पर्न थालेको छ । आरन पेशा अंगाल्ने समुदायका नागरिकहरु पनी अहिले पुख्र्यौली पेशा छाड्दै अन्य बिकल्पको खोजी गर्ने गरेका छन दलित समुदायको पुर्खौली पेसा आरन व्यवसायलाई समुदायले हेर्ने व्यवहारमा सुधार ल्याउन जरुरी देखिएको छ ।
