बैतडीको मेलौलीमा रहेको देब गुफा ओझेलमा

लक्ष्मण विसी बैतडी, जेठ २२
बैतडी जिल्लाको मेलौली नगरपालिका–१ मा रहेको देब गुफा प्रचारप्रसार अभावका कारण ओझेलमा परेको छ । देब गुफासम्म पुग्नको लागि सामान्य मोटर बाटो पुगे तापनि प्रर्याप्त रुपमा त्यसको विकास हुन नसकेको स्थानीयवासीले गुनासो गरेका छन् । मेलौली भगवती मन्दिर देखि करीब ४०० मिटरको दुरीमा रहेको यस गुफाको प्रचारप्रसार र सम्बद्र्धन गर्ने सके पर्यटकीय स्थलको रुपमा विकास गर्ने सकिने यहाँका जानकारहरुको भनाइ छ
प्राकृति रुपमा रहेको गुफाको संरक्षण र यसलाई दिगो विकास गर्नेसके मेलौली नगरपालिकाको पर्यटकीय क्षेत्रको रुपमा विकास हुने निश्चित छ ।पुग्ने बाटो तथा अन्य केही संरचना निर्माण भए पनि गुफाको पर्याप्त विकास हुन नसको स्थानीयवासीको भनाइ छ । यस गुफा कसले र कसरी पत्ता लाग्यो भन्ने बारे सबै अनभिज्ञ रहेका छन् ।
यसको विकास भए मेलौलीको पनि विकास हुने भन्दै स्थानीयवासीले सरोकार निकायलाई यसलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने सबैले सहयोग गर्नुपर्ने बताएका छन् । गुफाको प्रचारप्रसार र विकास गर्ने सके पर्यटकीयक्षेत्रको रुपमा विकास हुने र यसले स्थानीय बासिमा आर्थिक विकासमा टेवा पुग्नेछ ।
यसैबीच मेलौली नगरपालिका वडा न एक मा रहेको यो गुफा संरक्षण र सवद्र्धन गर्नका लागि विशेष योजना ल्याउने तयारी गरेको मेलौली नगरपालिका वडा न १ का वडा अध्यक्ष सुरत सिंह नेगीले बताउनुभयो ।

Leave A Reply

Your email address will not be published.