बैतडीको मेलौलीमा बिद्युत सेवा अबरुद्ध

दिपक राज दिर्घायु
जेठ २४ सोमबार,२०७८

बैतडी–बैतडीको मेलौलीमा आईतबार देखि बिद्युत सेवा अबरुद्ध भएको छ। सुर्नया गाड चौथो लघु जल बिद्युत परियोजना मेलौली–१ जर्कुको बिद्युतिय क्यानलमा समस्या आएपछि बिद्युत सेवा अबरुद्ध भएको हो।

बिग्रेको क्यानललाई मर्मत गरि चाडै बिद्युत सेवा प्रभाह गरिने सुर्नया गाड चौथो लघु जल बिद्युत परियोजनाका कोषाध्यक्ष जगत सिह बिष्टले बताएका छन।

मेलौलीका बिभिन्न ठाउमा आफ्नो सेवा प्रभाह गरिरहेको परियोजनाले बिग्रेको क्यानलको मर्मत कार्य सुरु गरिसकेको छ। क्यानललाई मर्मत गर्न १५/१६ दिन जति लाग्ने परियोजनाका कोषाध्यक्ष बिष्टले बताएका छन।

क्यानलमा समस्या आएपछि परियोजनाले केहि दिन अगाडी सुचना जारि गरेर बिद्युत सेवा अबरुद्ध हुने जानकारी समेत गराएको थियो। बिद्युत सेवा अबरुद्ध हुदा नागरिकलाई सास्ति भएको छ ।

Leave A Reply

Your email address will not be published.