जेष्ठ २४ गते, बैतडी
गङ्गा श्री फाउण्डेशन नेपालले बैतडीका ६५ परिवारलाई राहात बितरण गरेको छ । जिल्लाको पाटन नगरपालिका वडा नम्बर ४ का ६५ परिवारलाई राहात स्वरुप खाद्यान्न सामाग्री बितरण गरीएको हो ।
कोरोना भाईरसको दोस्रो भेरियन्ट सुरु भएसंगै जारी गरीएको निषेधाज्ञाले समस्यामा परेका वडा नम्बर ४ का ६५ परिवारलाई खाद्यान्न सामाग्री बितरण गरीएको गङ्गा श्री फाउण्डेशन नेपालका सचिव गोपाल बिष्टले बताउनुभयो ।
निषेधाज्ञाले गर्दा रोजगारी गुमाएका, एकल ,विपन्न तथा समस्यामा परेका परिवारका नागरीकहरुलाई राहात सामाग्री बितरण गरीरहेको फाउण्डेशनका अध्यक्ष गणेश बिष्टले जानकारी दिनुभयो । पाटन नगरपालिकाका १० वटै वडाहरुका बिपन्न परिवारलाई राहात सामाग्री बितरण गरिने पनि उहाँले जानकारी दिनुभयो ।
यस्तै पाटन नगरपालिकाका उत्कृष्ट ५ बिद्यालयका ५ जना छात्रा÷छात्रलाई सम्बन्धीत बिद्यालयको सिफारीसमा छात्रबृत्ति प्रदान गरीने पनि गङ्गा श्री फाउण्डेशन नेपालका अध्यक्ष गणेश बिष्टले जानकारी दिनुभयो ।
शिक्षा , स्वास्थ्य तथा सञ्चार लगायतका अन्य बिबिध क्षेत्रमा सहयोग गर्ने उदेश्यले स्थापना गरीएको फाउण्डेशनले छात्रबृत्ति बाफत पाँच हजार प्रदान गरीने उहाँले बताउनुभयो ।