मेरा देशकि हालत

रेडियो मेलौली
जेठ २५ मगंलबार,२०७८

सपाँग बिदेस गया,अपाँग याँ छाडि ।
यैई देसकि हुनाबि आब कस्याँ हुन्छे लाडि ।।

पढेका बिदेश गया, अनयढ याँ छाडि ।
यैई देसकि उन्नति आब, कस्याँ हुन्छे लाडि ।।

युबा जति बिदेश गया, बुढान याँ छाडि ।
यै देसकि हुनाबि आब कस्याँ, हुन्छे लाडि ।।

पुरुस भरि बिदेस गया, महिला याँ छाडि ।
यई देशकि प्रगती आब कस्याँ, हुन्छे लाडि ।।

निका निका बिदेस गया, मुई जसा याँ छाठि ।
मेरा गााउँको बिकास आब, कस्या हुन्छ लाडि ।।

सिपालु बिदेस गया, असिपालु या छाडि ।
देसको बलियो बिकास, कस्या हुन्छ लाडि।।

तन्खा खन्या बिदेस गया, भत्ता खन्या छाडि ,
यै देसमा निको आब, कस्याँ हुन्छ लाडि ।।

भोटर बिदेस लायो, नेतान याँ छाडि ,
देसको शासन स्थिर, कस्याँ हुन्छ लाडि ।

पुई पडन्छे नेतानमा, कुर्चि खैँचा खैच ।
ऐलै जाँण्यो नेपालले, इसि हुनेइ रैछ ।।

बिदेशका सबै साथि ,नेपालमा अया ।
काम ईन गद्धेईथ्या कठै, रोजगाारि पया ।

यैई देसको काम सकिनो, असाडका मैना ।
उपरि असाड सम्म याँ, मान्स नाई चैना ।।

सँसारै लकडाउन लाग्यो, आब काँहो जानू ।
घरमा जनसँख्या बड्यो, आब केहो खानु ।।

नेतानलाई कुर्चिको चिन्ता, मैलाई कोरनाको ।
ठुलि मौ लाई आपत छ, हात मुख जोरनाको ।।

शिक्षक बिरुवा राम लुहार
मेलौली नगरपालीका–०८ कोटिगाँउ बैतडी
बिशालपुर माबि शिक्षक

Leave A Reply

Your email address will not be published.