दिपक राज दिर्घायु
जेठ ३१ सोमबार,२०७८
बैतडी–मेलौली नगरपालीका–०७ बासँकोट गाउँमा बिहीबार परेको अबिरल बर्षाले ठुलो क्षति पुर्याएको छ। लामालेक तिताबै सडक खण्ड अन्तर्गत चमसाल कलाकठाको बिच बिचबाट पहिरो जादा गाउँमा क्षति पुर्याको स्थानिय बिरेन्द्र बहादुर चन्दँले बताएका छन।
सडक निर्माण गरिएको काचो माटो पानि परेपछि पहिरो र खोलामा परिण हुदा गाउँमा क्षति भएको उनले बताएका छन। पहिरो र खोलाले स्थानिय बिरेन्द्र बहादु चन्दँ, हर्ष बहादुर चन्दँ र मोहन बहादुर चन्दँको पुरै घर भत्काएको पिडित हर्ष बहादुर चन्दँले जानकारी दिएका छन।
पहिरोले थप १० घर उच्च जोखिममा परेको र २८ परिवारको खेतवारिमा पुर्ण रुपमा क्षति भएको जनाईएको छ। खेतबारीमा लगाएको चिउरि, आप, टुडि, सन्तोलाका बोटबिरुवा, अमिलो, केरा लागायतका बोटबिरुलाई सखाप भएको चँन्दले बताएका हुन।
पहिरो र खोलाले खेतबारीलाई बगरमा परिणत गरेको छ। कोरोना कहरका कारण जारि गरिएको निषेधाज्ञाले मारमा परेका बासिन्दाहरुलाई पहिरोले पुरै खेतबारी सखाप पार्दा के लाउने के खाने लाउने चिन्ता बढेको स्थानियहरु बताउछन ।
पहिरो र खोलाले पुर्याएको क्षतिलाई नियन्त्रण गर्नको लागी मेलौली नगरपालीका, प्रदेश सरकार, सघं सरकार र भु–संरक्षण कार्यालयले तटबन्धका कार्यक्रम लागु गरि अब हुने जोखिमलाई न्युनिकरणका लागी पहल चालीदिन पिडितहरुले आग्रह गरेको छन।
बास्कोट गाउँमा हाल करिब १२० घरपरिवार बसोबास गर्दै आईरहेका छन।