दिपक राज दिर्घायु
अषाढ ०४ शुक्रबार,२०७८
बैतडी–बैतडीको मेलौलीमा एकजना बृद्धले आफ्नो बृद्ध भत्ताको रुपैयाले चौतारो निमार्ण गरेका छन। मेलौली नगरपालीका–०१ राउलढुङ्गाका ७५ बर्षिया गणेश दायलले दयाल चौराहमा चौतारो निमार्ण गरेका हुन।
सरकारबाट बुद्ध भत्ता स्वरुप पाउने रकमले चौतारो निमार्ण गरेको उनले बताएका छन। मेलौली–०१ दयाल चौराहमा बिभिन्न सभा समारोह, गोष्टि, मिटिङ, मानिसहरुलाई बस्न, आराम गर्न र थकाई मार्न सजिलो होस भन्ने हेतुले चौतारो निमार्ण गरेको उनले बताए।
यस ठाउमा बसोबास गर्दै आएका दयाल समुदायको नाम पुस्तौ सम्म रहोस् र आज भोलीका युवाहरुलाई समाजिक कार्यमा लाग्ने प्रेरणा मिलोस् भन्ने उदेश्यका साथ चौतारो निमार्ण गरिएको उहा बताउनु हुन्छ।
चौतारो निमार्णका क्रममा १८/२० हजार जति लगानि लागेको जनाईएको छ। चौतारो निमार्ण गरिसकेपछि बिभिन्न ब्यक्तिहरु, जनप्रतिनिधि लगायत सबैको राम्रो प्रतिकृया मिलिरहेको दयाल बताउनु हुन्छ।