मेलौलीमा ३२ परिवारलाई ६४ बाख्रा बितरण


दिपक राज दिर्घायु
अषाढ ०५ शनिबार,२०७८

बैतडी–मेलौलीमा शुक्रबार ३२ परिवारलाई ६४ बाख्रा बितरण गरिएको छ। मेलौली नगरपालीकाको लागत साझेदारि बाख्रा प्रबद्र्धन कार्यक्रमबाट वडा न ६ मा बाख्रा बितरण गरिएको नगर उप–प्रमुख राधा ओझाले जानकारी दिनुभयो ।

श्रि मठैराज बाख्रा पालन पकेट श्रेत्रका ३२ परिवारलाई दुईओटा बाख्राका दरले ६४ बाख्रा र एक बोका बितरण गरिएको नगर उप–प्रमुख ओझाले जानकारी दिनुभयो । बाख्रा बितरण गरिएको पकेट क्षेत्रमा ५१ घर परिवार रहेको भएपनि बाकि १८ परिवारलाई दुईदुई ओटा बाख्रा र एक बोका छिट्टै बितरण गरिने जनाईएको छ।

बाख्रा बितरण कार्यक्रममा नगर उप–प्रमुख ओझा, प्रमुख प्रशासकिय अधिकृत बुद्धिराम उपाध्याय, बरिष्ठ पशु चिकित्सक उद्धब बहादुर ऐर, पशु अधिकृत कमलापति भट्टराई, वडा अध्यक्ष प्रमानन्द भट्टको सहभागिता रहेको थियो ।

मठैराज कृषक समुहका अध्यक्ष ईन्द्रदेब भट्ट मातहत बाख्रा बितरण गरिएको हो। बितरण गरिएका बाख्राहरुलाई सबैजनाले नमुनाको रुपमा पालन पोषण गरेर जिबिकोपार्जन गर्नमा आफु आशाबादी रहेको नगर उप–प्रमुख ओझाले बताउनु भयो ।

Leave A Reply

Your email address will not be published.