निलपाल मन्दिरको निर्माणाधीन पर्खाल भत्कियो

दिपक राज दिर्घायु
अषाढ ०६ आईतबार,२०७८

बैतडी–मेलौली नगरपालीका–०८ कोटिगाउँमा रहेको निलपाल मन्दिरको पर्खाल अबिरल बर्षाका कारण भत्किएको छ। लगातार परिरहेको अबिरल बर्षाले निमार्णधिन अवस्थामा रहेको मन्दिरको पर्खाल भत्किएको स्थानिय बिरुवा राम लुहारले बताएका छन।

वडा कार्यालयबाट गत बर्षको २ लाख बजेट र यो बर्षको १ लाखको बजेटले निमार्ण भईरहेको मन्दिरको पर्खाल भत्किएको हो । वडाबाट आएको बजेटले र स्थानियको जन श्रमदानबाट निमार्ण भईरहेको पर्खाल भत्किदा मन्दिर उच्च जोखिममा रहेको अर्खा स्थानिय गौतम राम लुहारले बताएका छन।

पर्खाल भत्किदा करिब ५ देखि ६ लाख सम्मको क्षति भएको छ। मन्दिरको पर्खाल भत्किए सगै कोटिगाउमा पहिरोको उच्च जोखिम बढेको छ। लगातार परिरहेको बर्षाले ठाउ ठाउमा पहिरो जाने, घरको आगनमा दरार पर्ने क्रम भईरहेको छ ।

निमार्णाधिन अवस्थामा रहेको मन्दिरको पर्खाल भत्किदा स्थानिय चिन्तित बनेका छन। अझपनि यो मन्दिरको पर्खाल पुनः निमार्ण गर्नको लागी वडा कार्यालय र मेलौली नगरपालीकाले पहल चाल्नुपर्ने स्थानियहरुले माग गरेका छन।

Leave A Reply

Your email address will not be published.