मेलौली न्यूज
असोज ९ शनिबार,२०७८
बैतडी नेपाली कांग्रेसको मेलौली नगरपालिकाको सभापतिमा परमानन्द भट्ट विजयी भएका छन् । शनिबार सम्पन्न अधिवेशनमा ४९ मतका साथ भट्ट सभापतिमा विजयी भएका हुन् । उनका निकटतम् प्रतिद्वन्दी नरेश बिष्टले ४६ र लोकराज भट्टले ३८ मत प्राप्त गरे।
यस्तै उपसभापतिमा भरतसिंह पुजारा १०३ र राजबहादुर चन्द ९३ मत ल्याएर विजयी भएका छन् । यस्तै सचिवमा सुरेन्द्र प्रसाद भट्ट १०५ र अशोक सिंह बिष्ट ८१ मतका साथ विजयी भएका छन् ।
नगर कार्य समितिको सहसचिव पदमा महेशदत्त भट्ट ८५ र लक्ष्मण पोखरेल ७६ मतका साथ विजयी भएका मतदान अधिकृत ईश्वर रावतले बताए । सदस्यहरु भने सहमतिमै चयन भएका उनले बताए ।