बैतडी, ८ असार-
नुहाउने क्रममा नदीमा बगेर बैतडीमा एक बालिका बेपत्ता भएकी छन्। बेपत्ता हुनेमा जिल्लाको पाटन नगरपालिका १ सकारकी ११ वर्षिया नितु बिक रहेकी छन् ।
साथीहरुसंग नुहाउन गएकी नितु मगंलवार अपरान्ह ४ बजेको समयमा नदीमा बगेर बेपत्ता भएकी बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिनुभयो । बेपत्ता बालिकाको स्थानीयबासिन्दा र प्रहरीको टोलीले खोजी कार्य राखेको छ ।
–––