दिपक राज दिर्घायु
अषाढ ०८ मगंलबार,२०७८
बैतडी–मेलौली नगरपालीका उप–प्रमुख राधा ओझाद्धारा नगरपालीका भरिका सम्पूर्ण स्वयंम सेबिकाहरुलाई सम्मान गरिएको छ। नगरपालीका भरिका ७० जना स्वयंम सेबिकाहरुलाई प्रोत्साहन भत्ता स्वरुप पाच पाच हजार सहित अबिर र खादा ओढाई सम्मान गरिएको नगर उप–प्रमुख ओझाले जानकारी दिनुभयो।
बिभिन्न किसिमका सरुवा रोग, स्वास्थ्य सचेतनाका कार्यक्रमको सेवा प्रवाह गर्ने र कोरोना माहामारीका बेला आफ्नो ज्यान जोखिममा राखेर काम गरेको उचित मुल्याङकन गर्दै सम्मा गरिएको उनले बताउनु भयो।
सोमबार मात्रै नगरपालीकाको कार्यालयमा स्वयंम सेबिकाहरुले ७ बुदे ज्ञापनपत्र बुझाएका थिए। महिला स्वास्थ्य स्वयंम सेबिकाहरुले आफुहरुको निःशुल्क कोरोना बिमा हुनुपर्ने, स्वयम सेबिका हरुलाई प्रोत्साहन भत्ता र उचित सेवा सुबिधा दिनुपर्ने, अस्पतालमा स्वयंम सेबिका कक्षको ब्यवस्था हुनुपर्ने, नियमित तालीम तथा क्षमता बिकास कार्यक्रमको ब्यवस्था हुनुपर्ने, नियमित कार्य मुल्याङकन, आवश्यक स्वास्थ्य सामग्रीको ब्यवस्था हुनुपर्ने, पोषण, गर्भवति, सुत्केरी स्याहार, किशोर किशोरी मैत्रि तथा बालबालीका सम्बन्धि कार्यक्रम सञ्चालन गरि स्वयम सेबिका सगं समुन्वय गरिनु पर्ने मागहरु सहित ७ बुदे ज्ञापनपत्र बुझाएका थिए।
ज्ञापनपत्र बुझिसकेपछि महिला स्वास्थ्य स्वयंम सेबिकाहरुले खेलेको भुमिकाको उच्च मुल्याङक गरिने र यस आर्थिक बर्षको बजेटमा पनि स्वयम सेबिकाहरुको लागी बजेट राख्ने अनि उनिहरुलाई लाभ हुने र खुसि पार्ने काम गर्ने नगरपालीकाका उप–प्रमुख राधा ओझाले बताएका थिए।
अहिले समुदायमा स्वास्थ्यको अवस्था सुधार गर्नमा महिलाहरुको निकै नै ठुलो भुमिका रहेको छ। स्थानिय सरकारको क्षमता र अवस्था हेरेर निर्णय गर्ने, उनिहरुको माग सम्बोदन गर्ने दायित्व नगरपालीकाको हातमा हुने भएकाले जायज मागहरुलाई पुरा गरिने स्वास्थ्य संयोजक नारायण बहादुर चन्दले बताएका थिए।