दिपक राज दिर्घायु
अषाढ ०९ बुधबार,२०७८
बैतडी–मेलौली नगरपालीका–०९ कोलतडीका ५५ बर्षिया धनबहादुर चन्दँलाई बुढेशकालले छोईसकेको छ। तर उनको मेहनत, काम गर्ने जोश जागर भने भर्खरका युवाहरुको जस्तो छ। पैसा कमाउन बिदेश मात्रै जानु पर्छ र आफ्नो देशमा केहिपनि हुदैन भन्नेहरुका लागी उहा एउटा उदाहरण ब्यक्ति बन्नु भएको छ।
आफ्नै देशमा पनि केहि गरेर बिदेशकै जस्तै पैसा कमाई जिवन निर्बाह गर्न सकिन्छ भन्ने कुरा उहाले पुष्टि गरिसक्नु भएको छ। बर्षले ५५ पुगेका चन्दँको काम गर्ने शैली र जोश जागरले बार्षिक ३ लाखँ भन्दा बढि कमाउन्छन्।
कोल्तडीको आफ्नै घर बरिपरि रहेको तिन रोपनी जमिनमा तरकारी खेति गरेर बर्षभरि खानलाई प्रसस्त तरकारी, घर खर्च चलाउने र बार्षिक ३ लाखभन्दा बढि रुपैया जम्मा गर्छन। उहाले आफ्नो तरकारी बारीमा मौसमी तथा बेमौसमि तरकारी टन्न फलाउनु भएको छ।
आफुले फलाएको तरकारी स्थानिय गाउघर देखि मेलौली बजार सम्म पुर्याउने गर्नु भएको छ। आफ्नो बारिमा फलाईएको आलु, टमाटर, प्याज, फर्सि, काक्रा, लौका, खुर्सानी, काउली, धनिया, करेला लगायतका दर्जनौ तरकारी तथा फलफुल खुल्ला आकासमुनी फलाई रहनु भएको छ।
बारीमा फलेको तरकारीलाई स्थानीय गाउँघरमुनी भईरहेका बिहे, ब्रतबन्ध, भोज भतेर लगायतका शुभ कार्यमा बेचेरै लाखौ रुपैया बचत गर्ने गर्नु भएको छ। स्वदेशमा काम छैन् भनेर बिदेशिनु राम्रो कुरा होईन उहा भन्नुहुन्छ। आफ्नै भएको बाझो जमिनलाई राम्रो सगं उपयोग गरेर स्वदेशमा बिदेशको भन्दा बढि कमाउन सकिने र त्यसका लागी मेहनत र काम प्रतिको लगाब अवश्य हुनुपर्नेमा उहा जोड दिनुहुन्छ।
आफुले जति पनि तरकारी खेति गरियो यहा सम्म आईपुग्दा पनि न कसैबाट बिउ बिजन, न तरकारीमा छर्किने औषधि, न मल र न अनुदानमा केहि पैसा पाएको दुखेसो पोख्नु हुन्छ। स्थानिय सरकारले तरकारी खेति गर्नको लागी केहि कदम चालिदिए झन यो ब्यवसायलाई शंसक्त रुपमा अगाडी बढाउने प्रेरण मिल्ने उनकोे भनाई रहेको छ।
स्थानिय सरकारले युवा पिडिहरुका लागी आफ्नै देशमा केहि गरुन भन्ने उदेश्यका साथ बिभिन्न सिप बिकास तालीम सञ्चालन, बाझो जमिनलाई तरकारी खेति लगायत बिभिन्न प्रयोजनका लागी उपयोग गर्ने खालका कार्यक्रम ल्याई दिए आफ्नै देशमा रोजगारीको अवशर मिल्ने र देशको अर्थतन्त्रमामा समेत टेवा पुग्ने हुनाले यस्ता कार्यक्रम ल्याउन उनले माग गरेका छन।
आफ्नो देशमा रोजगारी छैन भनेर बिदेशिने युवाहरुलाई पनि उनले शन्देस दिनु भएको छ। गर्यो भने थोरै मिहेनतबाट पनि आफ्नै देशमा धेरै कमाउन सकिन्छ। बिदेश नगई स्वदेशमै बसेर कृषि गर्यो भनेपनि सजिलै जिवन निर्बाह गर्न सकिने र आफ्नै देशमा सानो भएपनि काम गर्नभनि युवाहरुलाई शन्देस दिएका छन।