मेलौलीमा सिलाई कटाई सम्बन्धि तालिम सुरु

दिपक राज दिर्घायु
अषाढ ०९ बुधबार,२०७८

बैतडी–महिलाहरुलाई उद्यमि बनाउनका लागी मेलौली नगरपालीकाले सिलाई कटाई सम्बन्धि आधारभुत ब्यवसाहिक तालीम सञ्चालन गरेको छ। वडा न–०१ र ०७ मा तालिम सञ्चालन गरिएको बरिष्ठ उद्यम बिकास सहजकर्ता सुरेन्द्र ओड्ले बताए।

तालीममा मेलौली नगरपालीका–०१ र ०७ का १७ जना महिला सहभागि भएका छन। गरिबि निवारणका लागि लघु उद्यम विकास कार्यक्रमबाट तालीम सञ्चालन गरिएको नगर उप–प्रमुख राधा ओझाले बताउनु भयो।

वडा न १ का महिलाहरुको लागी घरेलु भवनमा र ७ नम्बर वडाका महिलाहरुको लागी मणिलेक माध्यमिक बिद्यालयमा तालीम सञ्चालन गरिएको उनले बताए।

तालीम सञ्चालनका लागि आवश्यक पर्ने सामाग्रीहरू तालिम सञ्चालन केन्द्रसम्म पुर्याई सकिएको बरिष्ठ उद्यम बिकास सहजकर्ता ओड्ले बताए। तालिम समापन पछि छनौट भएका उद्यमिहरुलाई सिलाई कटाईका लागि आवश्यक सामाग्री हस्तान्तरण गरिने जनाईएको छ।

साथै मेलौली नगरपालीका–०७ ले बुधबारबाट नमकिन बनाउने तालिम पनि सञ्चालन गरेको छ। गरिबि निवारणका लागि लघु उद्यम विकास कार्यक्रमबाट नै तालीम सञ्चालन गरिएको हो।

तालिममा वडा भित्रका १२ जना महिला र २ जना पुरुष सहभागि भएका छन। तालिम ७ दिन सम्म सञ्चालन हुने बरिष्ठ उद्यम बिकास सहजकर्ता ओड्ले बताए। तालिम समापन पछि उद्योग दर्ता गरेर ब्यवसाहिक रुपमा लाग्न चाहने नागरिकका लागी नगरपालीकाले पनि सहयोग गर्ने जनाईएको छ।

Leave A Reply

Your email address will not be published.