असार १९, २०७८ गोरखामा पहिरोले पुरिएर दम्पतीको ज्यान गएको छ । सिरानचोक गाउँपालिका–७ उपल्लो गोहोरेमा पहिरोले पुरिएर ८० वर्षका रमन पाण्डे र ७० वर्षकी नन्दकुमारी पाण्डेको ज्यान गएको जिल्ला प्रहरी कार्यालय गोरखाका डीएसपी प्रकाश दाहालले जानकारी दिनुभयो ।
बिहान साढे ६ बजेतिर घरमाथिबाट खसेको पहिरोले एक तले कच्ची घर पुरिँदा घरमै रहेका पाण्डे दम्पतीको ज्यान गएको हो । उनीहरुको शव झिकिएको पनि डीएसपी दाहालले जानकारी दिनुभयो ।उज्यालो