प्रभावकारी छैन् अनलाइन कक्षा

मंगेश दयाल
अषाढ २१ सोमबार,२०७८

बैतडी–सुदुरपश्चिम विश्वविद्यालय अन्तर्गतको आंगिक क्याम्पस मणिलेक बहुमुखी क्याम्पस मेलौलीमा लकडाउनपछि स्नातक तहको पठनपाठन पूर्णरुपमा बन्द छ। कोरोनाको त्राससँगै अधिकांश विद्यार्थी गाउँमा छन्। जहाँ फोन र बिजुली भरपर्दो छैन। विद्यार्थी अनलाइन कक्षामा सहभागी हुन सम्भव छैन।

यही क्याम्पसमा स्नातकोत्तर तहका विद्यार्थीले एकदम कम मात्र विद्यार्थीले क्याम्पसले चलाएको अनलाइन कक्षा लिएका छन्। यही बिचमा विश्वविद्यालयले मिडटर्म परीक्षा लिने सूचना जारी गरिसकेको छ। तर अधिकांश विद्यार्थीलाई यही परीक्षा हुने बारे पनि थाहा छैन। कारण उनीहरु टेलिफोन नै नलाग्ने गाउँमा छन्।न त उनीहरु अनलाइनको पहुँचमा नै नभएको मणिलेक बहुमुखी क्याम्पस मेलौलीका क्याम्पस प्रमुख भवानी सिंह नायकले बताए ।

विश्वविद्यालयको आंगिक क्याम्पस मणिलेक बहुमुखी क्याम्पस मेलौलीमा पनि लकडाउनपछि पठनपाठन बन्द छ। त्यहाँ अध्यनरत धेरै कम विद्यार्थी हालसम्म क्याम्पसले चलाएको अनलाइन कक्षामा सहभागी भएका छैनन्।

क्याम्पसमा अध्ययनरत ८५ प्रतिशत विद्यार्थी अनलाइनको पहुँचमा छैनन्। कोरोना भाइरसको त्रासका कारण चार महिनादेखि क्याम्पस बन्द छ।विद्यार्थीहरु घर गएका छन्। अधिकांशको घरमा विद्युत र नेटको सुविधा छैन।

तर विश्वविद्यालयले एकाएक अनलाइन बाटै मिडटर्म परीक्षा लिन उर्दी जारी गरेको छ। पहिलो सेमेष्टरमा अध्यनरत कुल ७० जना विद्यार्थीमध्ये १०–१५ जना मात्रै अनलाइन कक्षामा सहभागी हुन्छन्। अधिकांशले चाहेर पनि इन्टरनेटको पहुँच नहुँदा अनलाइन कक्षा लिन पाएका छैनन्।

मेलौलीमा भएका विद्यार्थी पनि विद्युतको अनियमितता र मोबाइलमा फोरजी डाटा पनि नचल्ने हुँदा अनलाइन कक्षामा सहभागी छैनन्। यस्तो अवस्थामा विश्वविद्यालयले मिडटर्म परीक्षा लिने तयारी थालेको छ। कोर्ष पूरा नहुँदै कोरोना महामारीकै बिचमा विश्वविद्यालयले विद्युतीय माध्यमबाट परीक्षा सञ्चालन गर्ने निर्णय गरेपछि विद्यार्थी चिन्तित बनेका छन्।पढ्न नपाएका विद्यार्थीहरुले अनलाइन बाट परीक्षामा सहभागी हुनसक्ने अवस्था समेत नरहेको गुनासो गरेका छन्।

लकडाउनका कारण कोर्ष नै पूरा नभएको र अधिकांश विद्यार्थी अनलाइन कक्षाको पहुँचमा नरहेको अवस्थामा लिइने परीक्षा सान्दर्भिक नहुने विद्यार्थीहरु को तर्क छ। अधिकांश विद्यार्थी अनलाइन कक्षामा सहभागी हुनै सकेका छैनन्।

Leave A Reply

Your email address will not be published.