सदरमुकाम जाँदा ३ जनाको ज्यान गएपछि बैतडीको भीटा भिरमा लगाइयो रेलिङ

बैतडी- बैतडीको भीटा भीरको बाटोमा रेलिङ लगाइएको छ । दशरथचन्द नगरपालिका–४ जर्ग स्थित भीटा भीरको बाटोमा नगरपालिकाले १० लाख खर्चेर रेलिङ (जाली) लगाइएको हो ।

 

३ गाउँका बासिन्दाले दैनिक नियमित सदरमुकाम आवतजावत गर्ने उक्त बाटोमा लडेर केहि सयम अघि ३ जनाले ज्यान गुमाएका थिए ।

अहिले उक्त बाटो निर्माण भएपछि स्थानियबासीलाई सहज भएको छ । ६ महिना अघि मात्रै एक स्थानियबासीको लडेर ज्यान गएको थियो । यसैगरी ५ बर्ष अघि एक भरियाको ज्यान गएकोमा १५ वर्ष अघि एक कर्मचारीको कार्यालय जादैँ गर्दा लडेर ज्यान गएको थियो ।

जिल्ला सदरमुकामकै वडामा यस्तो समस्या भएपछि दशरथचन्द नगरपालिका बाटो बनाउन अग्रसर भएको थियो । वडाअध्यक्ष भानदेव भट्टले चुनावका बखत समेत बाटो बनाउने प्रतिवद्धता गरेका थिए।

 

नगर प्रमुख पुष्करराज जोशी लख्खाभाईले अहिले बाटो अधुरै रहेपनि आगामी बर्षमा पुर्णता दिइने बताए । ३ सय ५० मिटर लम्बाई रहेको अप्ठ्यारो भीरको बाटोको अहिले करिव सवा २ सय मिटरमा रेलिङ लगाइएको छ ।

Leave A Reply

Your email address will not be published.