समाजसेवामा प्रेम महता, बेला बेलामा सामाजीक कार्य गर्दै

बैतडीको शिबनाथ गाउँपालिका–०४ खडिक लिखाडीका प्रेम महता बिगत केहि बर्षदेखी समाजसेवामा रहेका छन। रोजागारीको लागि हाल भारतको पञ्जाबमा रहेका महता बेला बेलामा सामाजिक कार्य गर्दै आईरहेका छन।

समाजको लागि केहि न केहि गर्नुपर्छ भनेर आफु बेला–बेलामा सामाजिक कार्यमा अग्रसर हुने गरेको उनले बताए। आफुले कमाउने रुपैयाबाट घरखर्च कटाएर बचेको पैसा र अभियान चलाएर संकलन गरिएको रुपैया सामाजिक कार्य खर्च गर्ने गरेको उनले बताए।

थोपा–थोपा मिलि सागर बन्छ भनेझै थोरै–थोरै रुपैया जुटाएर ठुलो रकम बनाउने गरेको उनले बताए। उनले बिःस २०७८ सालमा आफ्नै गाउँमा लिखाडी युवा नमुना सामाजको निर्माण गरी गाउँमा हुने विबहा बर्तबन्धमा चाहिने आवश्यक भाडाकुडा र समानहरु जुटाएका थिए। यसैगरी बिःस २०७९ सालमा शिबनाथ रजिरोडाकि क्यान्सर पिडित प्रतिक्षा कलौनीको उपचारका लागि देश बिदेशमा आर्थिक संकलन अभियान सञ्चालन गरी उपचारमा सहयोग गरेका थिए।

उनले हाल शिबनाथ गाउँपालिका-०४ लोजनीमा रहेको पिपलकोट माध्यमिक बिद्यालयमा सरस्वती मन्दिर निर्माण कार्यका लागि पनि आर्थिक संकलन अभियान सञ्चालन गरिरहेका छन। बिद्यालयमा रहेको सरस्वतीको पुरानो मन्दिर बिभिन्न कारणले भत्कीएकाले पुर्ब बिद्यार्थिको सक्रियतामा सञ्चालन गरिएको आर्थिक संकलन अभियानको संयोजक भएर काम गरिरहेका छन।

बसन्त पञ्चमीका दिन उद्घाटन गरिने सरस्वती मन्दिर निर्माण र सरस्वती मुर्ति स्थापनाको आर्थिक संकलन अभियान सञ्चालनमा रहेको छ। हालसम्म देश बिदेशबाट करीब १ लाख भन्दा बढि नेपाली रुपैया संकलन भईसकेको महताले बताए।

पुर्ब बिद्यार्थीहरुले आफुले अध्ययन गरेको बिद्यालयमा सरस्वती मन्दिर निर्माण र सरस्वती मुर्ति स्थापना गर्छौ भनेर भनेपछि मन्दिर निर्माण हुने पिपलकोट माबिले जनाएको छ। बिद्यार्थीहरुको आग्रहलाई बिद्यालय ब्यवस्थापन समितिले समर्थन गरि निर्णय गरेको प्रधानाध्यापक तेज बहादुर चन्दले बताए।

यो पुण्य कामको लागि देश तथा बिदेशमा रहेका बिद्यालयका पुर्ब बिद्यार्थी, अभिभावक, शिक्षाप्रेमि तथा सरोकारवाला सबैमा आर्थिक सहयोगका लागि अनुरोध गरिएको छ। बिगतका दिनहरु जस्तै आउदा दिनहरुका पनि समाससेवामा तल्लीन रहने महताले बताए।

Leave A Reply

Your email address will not be published.