मेलौली -२ सलेनमा ‘दुत्त्या मेला’

बैतडी। बैतडीको मेलौली नगरपालिका –२ सलेनामा ‘दुत्त्या मेला’सम्पन्न भएको छ। यो ठाउँमा हरेक बर्ष मंसिर शुक्ल द्वितीयाका दिन मेला लाग्ने गर्दछ। सलेनामा हुने मेलामा पोटलासैनी भगवती मन्दिरमा पूजाआजा समेत हुने गरेको स्थानीय हर्षबहादुर चन्दले बताउनुभयो। यो मेला खेतको बीचमा हुने भएकाले तिहारको समयमा धानखेती मासिने भएपछि मंसिर शुक्ल पक्षको द्वितीया तिथीमा मनाउने गरिएको किम्वदन्ती रही आएको उनले बताए। भगवतीसंगै दिन मागेर मंसिर शुक्ल पक्षको दिन ‘दुत्त्या मेला’ मनाउने प्रचलन रही आएको चन्दले बताए।

यो मेलामा तलकुले र मलकुले भनेर दुईठाउँमा देउरो आउने र दुवै देउरो एकठाउँमा मिसिएर भकुण्डो खेल्ने चलन रही आएको मेलौली नगरपालिका वडा नं २ का वडा अध्यक्ष कृष्णदत्त भट्टले बताउनुभयो। तर पछिल्लो समयमा भकुण्डो खेल्ने चलन भने लोप हुँदै गएको छ। यो मेलामा आफन्तहरुसंग भेटघाट गर्ने, भैलो खेल्ने, देउडा खेल्ने चलन रही आएको छ।

Leave A Reply

Your email address will not be published.