गायक जेआर भट्टको होली गीत ‘हाम्रो देश’ सार्वजनीक (भिडियोसहित)

बैतडी : पछिल्लो पुस्ताले अत्याधिक रुचाएका देउडा गायक जनक राज भट्ट (जेआर) को नयाँ गित सार्वजनीक भएको छ। रगंहरुको पर्व होलीको अवशरमा गायक भट्टले होली गित ‘हाम्रो देश’ भिडियो सहित सार्वजनीक गरेका हुन।

गितमा गायक भट्टलाई चर्चित लोक तथा देउडा गायिका गौरी भट्टले स्वरमा साथ दिनुभएको छ। देशको अवस्थाबारे होली गित मार्फत उनले व्यगं गर्ने खोजेका छन्।

भिडियोमा गायक भट्ट सगै केमेडियन राकेश भट्ट (राजन) र दिपा ठगुन्ना लगायतको अभिनय रहेको छ। टिकटक मार्फत चर्चित भएका भट्टले पहिलो पटक होली गित बजारमा ल्याएका छन्।

Leave A Reply

Your email address will not be published.