बैतडीको प्रशिद्ध मेलौली मन्दिरमा लागेको नवरात्री मेलाको आम्दानी सार्वजनीक

बैतडी : प्रशिद्ध मेलौली मन्दिरमा लागेको नवरात्री मेलाको आम्दानी सार्वजनीक गरिएको छ। बैतडीको तल्लो स्वराड क्षेत्रअन्र्तगत पर्ने मेलौली नगरपालिका–०१ मा रहेको प्रसिद्ध मेलौली भगवती मन्दिरमा नवरात्र मेलाको आम्दानी र खर्च विवरण सार्वजनीक गरीएको छ।

चैत्र २७ गतेबाट सुरु भएको नवरात्र मेला मंगलबार सम्पन्न भएको मेलौली धार्मिक सेवा समितिले जनाएको छ। नवरात्री मेलाको अवधरीभर सेवा दर्ता (स्या), दान पेटी भेटी, आ.स भेटी र ब्यापारीक स्टलबाट एक लाँख १४ हजार ३८१ रुपैया आम्दानी भएको मेलौली धार्मीक सेवा समिति अध्यक्ष जगदिश सिह नायकले बताउनुभयो।

यसैगरी नवरात्री मेला अवधीभर भएका खर्च विवरण पनि सार्वजनीक गरिएको छ। चौकिदार तलब भत्ता, कालिका थान सफाई, चौसट्ट सफाई पञ्चसेवा बुझाएको गरेर ७१ हजार ९०५ रुपैया खर्च मेलौली धार्मीक सेवा समिति अध्यक्ष नायकले बताउनुभयो।

खर्च भएको रकम भुक्तानी गरी बाकि रहेको रकम ४२ हजार ४७६ रुपैया मन्दिरको कोषमा जम्मा गरीएको छ। नवरात्रको अवधिभर १०७ राँगा र १२९ बोकाको बलि परेको थियो। बलि सहितको भव्य मेला लाग्ने नवरात्रमा सुदूरपश्चिमका विभिन्न स्थानका साथै भारतबाट समेत दर्शनार्थी आउने गर्छन।

साथै मेलौली भगवती मन्दिरमा भोलीबाट नवाहयज्ञ समेत सञ्चालन हुने जनाईएको छ। नवाह यज्ञ यहि बौसाख १४ गतेसम्म सञ्चालन हुने मेलौली धार्मीक सेवा समितिले जानकारी दिएको छ।

Leave A Reply

Your email address will not be published.