शिद्धेश्वर मावि मेल्चौराको प्रधानाध्यापकमा चाड नियुक्त

बैतडीको पाटन नगरपालिका–१ मेल्चौरामा रहेको शिद्धेश्वर माविको प्रधानाध्यापकमा दिपेन्द्र सिह चाड नियुक्त भएका छन। शुक्रबार बसेको बिद्यालय ब्यवस्थापन समितिको बैठकले चाडलाई सर्वसम्मतले प्रधानाध्यापकमा नियुक्त गरेको छ।

सो बिद्यालयमा कक्षा ८ को नतिजा निल आएपछि केहिदिन अगाडी प्रधानाध्यापक प्रकाश लुहारले राजिनामा दिएका थिए। उनको राजिनामा पश्चात बिद्यालयले निबेदन माग गरेको थियो। प्रधानाध्यापक पदको लागि ५ जनाको निबेदन परेपनी सर्बसम्मतीले चाडलाई नियुक्त गरिएको शिक्षक नरेन्द्र सिह रावलले जानकार दिए।

नवनियुक्त प्रधानाध्यापक चाडले बिद्यालयको चौतर्फी विकास र गुणस्तरीय शिक्षा प्रदान गर्न अहम भुमिका खेल्ने बताउनुभयो। चाड बिगत ४ बर्षदेखी सो बिद्यालयमा अध्यापन गराउदै आएका छन।

नगरस्तरिय परिक्षामा कक्षा ८ मा शून्य नतिजा आएको थियो भने कक्षा १ देखी ९ सम्म ८ बाहेक वडा स्तरिय परिक्षामा जम्मा १ सय २७ जना मध्ये २२ जना मात्र उर्तिण भएका थिए। नगर शिक्षक तथा स्वमंसेवक शिक्षकले अध्यपन गराइरहेको बिद्यालयको भन्दा रिजल्ट कमजोर आएपछि प्रधानाध्यापक पदबाट लुहारले राजीनामा दिएको थिए।

Leave A Reply

Your email address will not be published.